काठमाडौं। काठमाडौं महानगरपालिकाले आगमी साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवनमा रोक लगाउने भएको छ।काठमाडौं महानगरपालिका र बानेश्वर ब्यापार संघको संयुक्त पहलमा साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवनमा रोक लगाउने निर्णय गरिएको हो ।
पहिलो चरणमा बानेश्वर क्षेत्रबाटै उक्त काम सुरु हुने र क्रमिक रूपमा महानगरपालिकाका ३२ वटै वडामा विस्तार गर्ने तयारी गरिएको छ। त्यसका लागि मंगलबारदेखि प्रचासप्रसार सुरु गरिंदै छ। धुम्रपान र मद्यपान सेवन गर्नेका लागि केही निश्चित स्थान भने तोकिने भएको छ।
एक वर्षअघि पनि महानगरपालिकाले सूर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा निषेध गरेको थियो। तर, त्यसको कार्यान्वयन प्रभावकारी नभएपछि कडाई गर्न लागिएको हो।