काठमाडौं।गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद एनआरएनए एनसीसी अमेरिकाको आगामी निर्वाचनका लागी महिला उपाध्यक्ष पदका उमेदवार सुन्दरी गुरुङ्गले महिलाले पनि एनआरएनएको मुहार फेर्न सक्छन् भन्ने स्थापित गरेर देखाउने बताएकी छन्। टिभि सण्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँगको अन्तरवार्ताको क्रममा गुरुङ्गले यस्तो बताएकी हुन् ।
वर्तमान एनआरएनए एनसिसि युएसएका महिला संयोजक रहेकी गुरुङ्गले आगामी निवार्चनबाट महिला उपाध्यक्ष पदमा निर्वाचित भएपछी महिलाहरु पनि सक्षम छन् भन्ने स्थापित गरेर देखाउने बताएकी हुन्। उनले हालसम्मको कार्यकुशलता, सक्रियता, र दक्षतामा आम गैर आवासिय नेपालीहरु जानकार रहेकोले आफ्नो जित सुनिश्चीत रहेको दावी गरिन् ।
गुरुङ्गले आफु महिला उपाध्यक्षमा निर्वाचीत भएपछि गैर आवासिय नेपाली महिलाहरुलाई एकत्रित गर्न र महिला सशत्तिकरणका लागी टाक्सफोर्स नै गठन गरेर कार्यक्रम सञ्चालन गर्ने बताइन् । उनले आफ्नो कार्यकालमा गरेको कामले आगामी निर्वाचनमा सिँगो एनआरएनएको नेर्तत्व नै महिलालाई दिनुपर्छ भन्ने बनाउने गरि काम गर्ने प्रतिबद्धतासमेत जनाएकि छन् । गुरुङ्गले पत्रकार पौडेलसँग गरेको पुरा कुराकानी टिभिसण्डेका सम्पुर्ण सामाजिक सञ्जालहरुमा हेर्न, पढ्न, र सन्न सकिने गरि उपलब्ध छ ।