‘गुटरहित एनआरएनए नै मेरो प्रतिबद्धता’ : टंक राज रेग्मी उमेदवार, एनआरएनए युएसए,आइसीसी

काठमाडौं। गैर आवासिय नेपाली संघ अमेरिका(एनआरएनए युएसए,आइसीसी)को सदस्य पदका उमेदवार टंक राज रेग्मीले एनआरएनए लाई गुट रहित बनाउने प्रतिबद्धता जनाएका छन्। सामाजिक सञ्जालमा आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै रेग्मीले यस्तो बताएका हुन् ।

गैरआवासिय नेपाली संघ(एनआरएनए)जस्तो स्वतन्त्र रहनुपर्ने निकाय पनि गुटगत राजनितिले ग्रसित बनेको भन्दै यसबाट मुक्त राख्न आफुले उमेदवारी दिएको उनले बताएका हुन्। उनले एनआरएनएमा पहुँचवाला मात्रै हावी हुने अबस्था कायम रहेको तर्फ संकत गर्दै साधारण व्यक्तिको एनआरएनए बनाउन जोडबलले लागी पर्ने पनि उल्लेख गरेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको प्रतिबद्धतासहितको अपिल यस्तो छ,

नमस्कार!!
म टंक राज रेग्मी,
एन.आर.एन.ए.मा निम्न कुराहरु प्रति प्रतिवद्धता सहित,
• एनआरएनए लाई गुट रहित बनाउन ,
• साधारण व्यक्तिको एनआरएनए बनाउन,
• गैह्र आवासीय नेपालीहरुले भोग्नु परेको समस्या निराकरण गर्न,
गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको (२०२३-२०२५) को लागी (आईसीसी पद) उम्मेद्ववारको रुपमा उभिएको छु । म कुनै तडक भडक शैलिमा प्रचार प्रसारले मात्र जितिन्छ भन्नेमा विस्वास राख्दिन्न।
विस्वास गर्छु त केवल हाम्रो शिक्षित नेपाली समुदाय जस्ले बोल्ने लाई भन्दा काम गर्नेलाई अगाडि बढाउनु पर्छ भन्ने मान्यता राख्नुहुन्छ र सही नेतृत्व छनाैट गर्नु हुनेछ । यसैलाई आधार मानेर हजुरहरुले मप्रति विश्वास देखाउनु भएको खण्डमा हजुरहरुको माग र आवश्यकतालाई सम्बोधन गर्दै माथि लेखिएका बुँदाहरू प्रति पूर्ण प्रतिवद्ध रही आफ्नो जिम्मेवारी पूरा गर्न सदा उद्धत हुने प्रतिबद्धता सहित, यस पटक(२०२३-२०२५)को लागी (आईसीसी पदमा) मलाई विजयी बनाउनु हुन सबै आदरणीय व्यक्तित्वमा हार्दिक अनुरोध गर्दछु ।
टंक राज रेग्मी
एन.आर.एन.ए.एनसीसी युएसए (आईसीसी)
पदको उम्मेद्वार
२०२३-२०२५