काठमाडौं,गैर आवासिय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद्,अमेरिकाको आसन्न निर्वाचनका लागी आईटि ईन्जिनियर मोहन न्यौपानेले क्षेत्रीय संयोजक (SOUTH Regional Coordinator Chair)का लागी उमेदवारी दिनुभएको छ। हुनतः एनआरएनए वृतमा मोहन न्यौपाने कुनै नयाँ नाम भने पक्कै होइन। विगत ६ वर्षभन्दा बढी समय एनआरएनएका हरेक गतिविधीमा सक्रिय रहेर विभिन्न तहमा कुशल नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएका मोहन यसपटक क्षेत्रीय संयोजकको जिम्मेवारी लिएर काम गर्ने मनसाय व्यक्त गर्नुभएको हो।
कुनैपनि संस्थाको लागि असल नेता, सबल निती र कुशल नेतृत्व अत्यन्त महत्वपुर्ण कुरा हो। लामो समयदेखि विवादित रहेको गैरआवासिय नेपाली संघ एनआरएनएले यसपटक एकरुपतासँगै नयाँ नेतृत्व चयन गर्दैछ। त्यसका लागीविभिन्न प्रकृतिका व्यक्तिहरु मैदानमा उत्रिएका छन। यदि यो समयमा सबल र कुशल व्यक्ति छनोट गर्न नसके सिंगो एनआरएनए वृतमा पुरानै नियति दोहोरिने प्रस्ट छ। त्यसकारण सामान्य सदस्य पददेखि नेतृत्वसम्मै कस्ता व्यत्तिलाई सुम्पीने भन्ने कुरा यसपटक सोच्न आवश्यक छ।
यसकारणले पनि न्यौपाने क्षेत्रिय संयोजकको लागी उचित पात्र हुन भन्न हिच्कीचाउनु पर्दैन। खासगरि न्यौपाने २०१७-२०१९ मा Ohio Chapterको Vice-President अनि २०१९-२०२१ र २०२१-२०२३ कार्यकालका लागि Chapter President का रुपमा कार्यकाल पुरा गरिसक्नु भएको छ। नेपालमा Tribhuvan Universityबाट M.A.,M.Phil गर्नुभएका मोहन अमेरिकामा Kennesaw State University,Georgia बाट(MSSWE)पुरा गर्नु भएको छ। वहाँ अमेरिकाको विभिन्न सरकारी तथा गैर-सरकारी छेत्रमा IT Engineerको रुपमा काम गर्दै आउनु भएको छ।
वहाको Chapter Presidentको कार्यकालमा गरेका महाबीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई ३०००० डलरको सहयोग,विभिन्न कारणले अकाल मृत्युबरण गरेका नेपालीलाई सहयोग,Covid महामारीका बेला गरेको नेपालीलाई सहयोग लगाएतका काम अत्यन्तै सराहनीय छन्।
यी कारणले वहाँको उम्मेदवारी यस संस्थाको बृहत्तर हित,अनेकन बेमेलहरु बीच एकताको संवाहकता,पारदर्शी,समावेशी एवं विश्वसनीयता रहने सर्बस्विकार्य छ। अमेरिकाका विभिन्न सहरहरु Houston Texas,Dallas Texas,Jacksonville Florida,New York,Ohio हुदै हाल वहाँ North Carolina को Raleighमा बसोबास गर्दै आउदा हरेक क्षेत्रमा अतुलनिय योगदान दिनुभएको छ।यसकारण पनि उहाँको उमेदवारी उपयुक्त देखिएकोले यसपटक उहाँलाई मत दिएर नेतृत्व सुम्पिन आवश्यक देखिन्छ ।