न्यूयोर्क,अमेरिका |
न्युयोर्कमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ। बिशुद्ध मनोरन्जन दिने उद्देश्यले यहि शुक्रबार न्यूयोर्कमा‘A night with Nepali Stars’कार्यक्रम गर्न लागिएको हो। नेपाली सिने जगतका महानायक राजेश हमालसहित पप गायक सुगम पोख्रेल,कमेडीयन तक्मेबुढा(विल्सन बिक्रम राई)तथा चर्चित डान्सर र डिजेद्वारा न्यूयोर्कस्थित उडसाईडको Majestic Hall (56-70 58th St Maspeth NY 11378)मा एक भब्य कन्सर्टको आयोजना हुने भएको हो।
न्यूयोर्क र वरपरका संगीतप्रेमी दर्शकहरुलाई पूर्णत: मनोरन्जन दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको आयोजक टिमले जनाएको छ।यहि जुलाई ०७ शुक्रवार साँझ सात बजेदेखी शुरु हुने उक्त कार्यक्रमलाई ‘A night with Nepali Stars’नाम दिईएको छ।कार्यक्रमलाई ४ वटा संस्था(रिवेल ईभेन्टस, बुद्ध ट्याक्स, रुपान्तरण मिडिया र नमस्ते ग्रुप)ले आयोजना गरेका हुन।
कन्सर्ट्लाई पूर्णत: मनोरन्जनात्मक बनाईने आयोजक सदस्य राजेश हमालले बताएका छन।
नेपाली पप संगीतमा अति रुचाईएका सुगम पोख्रेल युवा युवतीका ढुकढुकी हुन,उनको हिट गीत सुन्न पनि दर्शकहरु कन्सर्टमा आउनेछन भने महानायक र तक्मेबुढाको संयुक्त प्रस्तुती, महानायकको डान्स, तक्मेबुढाको एकल ब्यंग्य,आशिफ शाहको उदघोषण र स्थानिय कलाकारको प्रस्तुतीसंगै न्यूयोर्कका प्रिय DJ LS को लाउड भोल्युमले न्यूयोर्कबासीलाई मस्तसँग झुमाउने आयोजक हमालले जनाए।
त्यस्तै संचारतर्फ खसोखास,टिभी सन्डे,रुपान्तरण,मकै हाउस,एभरेस्ट टाईम्स, MNA News,यात्रा ग्रुप, हेल्लो अमेरिकालगायतका मिडियाले साथ दिएका छन। उक्त कार्यक्रमलाई न्यूयोर्कका बिभिन्न सामाजिक, सेवामुलक, ब्यबसायिक, कानुनी, रियल स्टेट, रेस्टुरेन्ट लगायतका संस्थाहरुको सहयोग रहेको छ। दर्शकहरु महानायक राजेश हमाललाई नजिकबाट हेर्न र संगै फोटो खिच्न चाहन्छन, त्यसैले हामीले पहिलो पटक धेरै दर्शक अट्ने Majestic Hall मा कार्यक्रम गर्न लागेका हौ हमालले भने-अब दर्शकहरुको चाहना पुरा हुन्छ, तपाईंहरु आउनुस् महानायक र अन्य कलाकारसँग भेटने र फोटो खिच्ने ब्यबस्था हामीले गरेका छौ ।
कार्यक्रमबाट संकलित रकममध्ये आँशिक रकम सिन्धुपाल्चोकका बाल-बालिकाको शिक्षाका लागि समर्पित गरिनेछ भने कलाकार संलग्न रहेका फाउन्डेशनलाई पनि सहयोग गर्ने लक्ष्य आयोजकको छ। कार्यक्रम प्रबेशका लागि ५० डलरको टिकट तय गरिएको छ। पूर्ण सुरक्षा र सबल ब्यबस्थापनका लागि आयोजकले सम्पूर्ण तयारी गरिसकेको बताईएको छ। कार्यक्रममा करिब ५ सय भन्दा बढी दर्शक आउने विश्वाश आयोजकले लिएको छ।