एनआरएनए एनसीसीअमेरिकामा विवादः निर्वाचन बहिस्कार गर्ने बञ्जाडेको समूह को चेतावनी

काठमाडौं। सधै विवादको भुमरीमा रहने एनसिसि अमेरिकामा निर्बाचनको मुखमा फेरी विवाद देखिएको छ। आगामी निर्वाचनको विषयलाई लिएर निर्वाचन प्रक्रियाको निष्पक्षतामा प्रश्न उठाँउदै एनआरएनए एनसीसी अमेरिकामा विवाद उब्जीएको हो । एनआरएनए एनसीसी अमेरीकामा अध्यक्ष पदका उमेदवार डा. अर्जुन बञ्जाडे, को समूह र उनका समर्थकहरुले फेस भेरिफिेशकन नगरे निर्वाचनमा सहभागी नहुने चेतावनी दिदै प्रेस विज्ञप्ती नै सार्वजनिक गरेका छन् । निर्बाचन आयोगले फेस भेरीफिकेसन बिना पनि चुनाब गर्ने तयारी गरेको भन्दै सदस्यता वितरणमा जसैगरि निर्वाचनमा फेस भेरिफिकेसन गर्नुपर्ने अनिबार्य गर्नुपर्ने माग गरेका हुन्।

एनआरएनए एनसीसी अमेरिकाका बर्तमान उपाध्यक्ष एवं आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उमेदवार विकास उप्रेतिले निर्वाचनमा निश्पक्षतामाथी प्रश्न उठेकाले आफुहरुले आवाज उठाएको बताएका छन् ।

टिभिसण्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँग कुराकानी गर्दै उप्रेतिले सदस्यता वितरणमा जसैगरी फेस भेरिफिकेशन नगरिए आफुहरुले निर्वाचन वहिस्कार गर्ने चेतावनी दिदै यस्तो बताएका हुन् ।

उनले वर्तमान अध्यक्षसहितका केहि पदाधिकारीहरुले संकास्पद गतिविधी देखाउँदा मतदाताहरुले आ आफ्नो मतको सदुपयोग गर्न पाउने अधिकार नै तलमाथी हुने डर उव्जिएको भन्दै विज्ञप्ती निकालेर सचेत गराउन वाध्य बनाएको बताएका छन् । फरक प्रसङ्गमा उप्रेतिले अन्य अनावश्यक शिर्षकमा समेत सदस्यहरुबाट रकम संकलन गरेर खर्च गर्ने गरिएको भन्दै फेु भेरिफिकेशन खर्चिलो भएपनि विश्वसनिय हुने भएको जुनकुनै हालतमा फेस भेरिफिकेसन गर्नेपर्ने बताएका छन् ।

साथै निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्तको पछिल्ला गतिविधी पनि शंकास्पद रहेको भन्दै फेस भेरिफिकेशनबाहेक अन्य माध्यमबाट गरिएको निर्वाचन मान्य नहुने उनिहरुको चेतावनी छ । उप्रेतिसँग पत्रकार पौडेलले गरेको पुरा अन्तरवार्ता टिभिसण्डेका सम्पुर्ण सामाजिक सञ्जालहरुबाट पढ्न, हेर्न, सुन्न सकिने गरि उपलब्ध छ । असन्तुष्ट पक्षले सार्वजनिक गरेको विज्ञप्ती यसप्रकार छ ।

प्रेस बिज्ञप्ती !
आदरणिय अमेरिकावासी दाजुभाई तथा दिदीबहिनीहरु
तथा पत्रकार साथीहरु !
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको निर्वाचन निकट भबिष्यमा हुन गईरहेको यहांहरुलाई सर्व बिधितै छ ।बिगतमा गरिएका सदस्यता बितरण एबं निर्वाचन प्रकृयाहरू निश्पक्ष नभएको भनेर बिभिन्न आरोप तथा मुद्दा खेपिरहेको एनआरएनए , अमेरिकाले यस पटक भने एमआईएस सिस्टमबाट सदस्यता बितरण संगै निष्पक्ष निर्वाचनको आधार तयार हुनेमा सम्पुर्ण सदस्यहरूमा थप उत्साह र संस्था प्रति भरोशा बढेको थियो । सम्पुर्ण सदस्यहरूले आफ्नो फेस भेरीफिकेशन सेल्फी मार्फत सदस्यता बनेका र सोहि प्रकृया अनुसार नै मतदान हुनेमा सम्पुर्ण सदस्यहरु बिश्वस्त थिए ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको (आईसिसि) अधिबेशन संचालन कार्यबिधिमा निर्वाचनको प्रकृयामा फेस भेरिफिकेशन अनिवार्य हुनुपर्ने नियमबाट झनै निश्पक्ष निर्वाचनको बिश्नासनियता बढेको थियो । अहिले निर्वाचनको मिति नजिकिदै गर्दा बर्तमान एनसिसि, अमेरीकाको निर्वाचन समितिको गतिबिधि हेर्दा कतै यो निर्वाचन समिति पुरानै तरिकाको निर्वाचन गराउने तर्फ उद्धत भएको त होईन भन्नेमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । पटक पटक एनआरएन, आईसिसिको निर्देशन बिपरित निर्बाचन प्रमुख आयुक्तको अन्तर्वाता साथै फेस रिडिड्ग सम्बन्धी भेन्डरको व्यबस्थापनमा कुनै चासो नदेखाएको बाट थप शंका पैदा गरेको छ। त्यसैले सम्पुर्ण सदस्यहरूको फेस भेरिफिकेशन बाहेक अन्य प्रकृयाबाट गरिने निर्वाचन निश्पक्ष नहुने साथै एनआरएनए आईसिसिको नियामावली बिपरित हुने हुदा यस्ता कार्य नगर्नु हुन साथै फेस भरिफिकेशनको माध्यम बाट निर्बाचन गर्नुहुन यसै बिज्ञाप्ति मार्फत अनुरोध गर्दछौ ।

अन्तमा एनआरएनए, आईसिसिको निर्देशन अनुसार निर्वाचन गर्नुहुन हामि यस क्षेत्रका आईसिसिमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा एनसिसि, अमेरिकाका उम्मेदवारहरु फेस भेरिफिकेशन नगरिएको निर्वाचन हाम्रो सहभागि नहुने जानकारी सहित यो बिज्ञप्ति जारी गरेका छौ। निश्पक्ष निर्वाचनको आधार फेस रिडिड्ग मात्र भएको जानकारी समेत गराउदछौ ।

गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समितीको तर्फबाट
१)राजन त्रिपाठी – सचीव
२)शंकर खडका – सचीव
३)प्रमोद सिटौला – सचीव
४)सुनिल साह – कोशाध्यक्ष
५)प्रकाश सापकोटा – अमेरिकाज क्षेत्रीय संयोजक
६)पशुपति पाण्डे – अमेरिकाज क्षेत्रीय सह संयोजक
७)पुरूशोतम बोहोरा – अमेरिकाज क्षेत्रीय सह संयोजक
८) संन्जय थापा – आईसिसि सदस्य

एनसिसि अमेरिकाको तर्फबाट :
१) डा अर्जुन बन्जाडे – आगामी निर्बाचनका लागी अध्यक्षका प्रत्यासी
२) कृण्ण जीबी पन्थ – बर्तमान बरिष्ट उपाध्यक्ष
३) बिकास उप्रेती – बर्तमान उपाध्यक्ष तथा आगामी निर्बाचनका लागी बरिष्ट उपाध्यक्षका प्रत्यासी
४) गोपेन्द्र भट्टराई – बर्तमान उपाध्यक्ष तथा आगामी निर्बाचनका लागी महासचिवका प्रत्यासी
५ ) विजय ज्ञवाली – उमेदवार आइसीसी सदस्य ।
६) शंकर बिशुंके- उमेदवार आइसीसी सदस्य।
राजन पन्त – निबर्तमान भेरिभिकेसन समितिका संयोजक
सि पि पौडेल-पूर्व अध्यक्ष
तिलक केशी- संरक्षक

लगायत सम्पुर्ण डा. अर्जुन बन्जाडेका संस्था शुद्विकरण तथा परिबर्तनका पक्षधरहरु