प्रदिप श्रेष्ठको अध्यक्षतामा ‘ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्स’ स्थापना

काठमाडौं।
अमेरिकाको न्युयोर्कमा‘ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्स’स्थापना गरिएको छ।
न्यूयोर्क आसपासको क्षेत्रमा रहेका नेपाली ब्यबसायीको लागि ब्यबसायिक सहजीकरण, साधन श्रोतमा पहुच बढाउने र अवसर तथा अनुभव आदनप्रदान गर्ने उदेस्यका साथ ‘ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्स’ स्थापना गरि कार्यसमिति चयन गरिएको हो। गत वर्षको अक्टोबरमा पहिलो पटक छलफल गरि सस्था स्थापना प्रक्रियालाई अगाडि बढाईएकोमा अहिले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले पुर्णता पाएकोछ छ । चेम्बरले न्यूयोर्क, न्यु जर्सी, र कनेक्टिकटका नेपाली ब्यबसायीलाइ समेट्ने उदेस्य बोकेको नबगठित समितिका अध्यक्ष प्रदिप श्रेष्ठले बताए।

सँस्था दर्तासँगै नेपालीहरुद्दारा नै प्रबर्धन गरिएको एभ्रेष्ट फेडेरल क्रेडिट युनियनमा बैंक खातासमेत खोलिएको छ। साथै संस्थागत बनाउने उद्देश्यले वेभसाईटमा अनलाईनमार्फ़त नै सदस्यता बन्न सक्ने गरि व्यवस्था गरिएको छ।

सुरुवाति चरणमा अहिले २ प्रकार को सदस्यता बनाईएको छ। जसमा कम्पनी सदस्यताको लागी २५० डलर र व्यक्तिगत सदस्यताको लागी १५० डलर तोकिएको छ।

सँस्था स्थापनासँगै न्युयोर्क, न्युजर्सी र कनेक्टिकट राज्य भित्र बसोबास गरि कुनैपनि व्यवसाय संचालन गरिरहेका नेपालीहरुलाई संस्थाको सदस्यता लिनसमेत अनुरोध गरिएको छ। साथै बैठकले तिन महिनाभित्र साधारण सभा गर्ने गरि ११ सदस्यीय तदर्थ समिति र ५ सदस्यीय सल्लाहकार समिति गठन पनि गरेको छ।
तदर्थ समिति र सल्लाहकार समितिमा निम्नअनुसारका व्यक्ति चयन गरिएको छ ।
अध्यक्ष प्रदिप श्रेष्ठ, सदस्यहरुमा नविन क्षेत्री, लेलिन कँडेल, मनिता गुरुङ्ग, त्सेक डि गुरुङ्ग,अन्जन श्रेष्ठ, मम्पी घोष, अमित पि साह, गाविन्द लामा, दिपक श्रेष्ठ,र त्समो दसेल र सल्लाहकार समितीमा खगेन्द्र जिसि,डा.विनोद विनोद शाह, नविन शेरचन, नवराज केसि, पासाङ्ग सेर्पालाई चयन गरिएको छ ।