काठमाडौं। संसारका धेरै मानिसहरू आफ्ना लागि सोच्छन्। तर केही मानिसहरू हुन्छन् जो अरूका लागि पनि सोच्छन्। डा.शंकर बिसुन्के यही लहरको एक उदाहरणीय नाम हो। जो अरूका लागि पनि बाँच्छन्। २०४४ सालमा पुर्वी नेपालको विराटनगरमा जन्मिएका शंकर बिसुन्के एक युवा समाजसेवी हुन्। एक साधारण पारिवारिक पृष्ठभुमिका शंकर त्यहाँकै हावा र पानीसँग साँटिदै हुर्किए। जिज्ञाशु तथा मेहनती स्वभावका शंकरले श्री राम मा. वि.बाट एसएलसी उत्तिर्ण गरे।
कक्षा १२ पढ्दै ताका उनले आमा गुमाउनु पर्यो।
भर्खर कलेज पढ्दै गरेका उनलाई आमाको निधनले बिथोल्यो र उनको पढाइको बेग रोकिईयो।त्यो पिडाको गहिराइलाई व्यक्त गर्ने उनीसँग सायदै शब्दहरू छन्।तर उनले त्यो बेला National Institute of Information Technology,India बाट कम्युटर हार्डवयर तथा नेट्वर्किङ सम्बन्धि साधारण तालिम लिए। त्याे साधारण तालिमले उनलाई थप सिक्नुपर्ने महशुस गरायो, र थप सिकाइका लागि उनी भारत हानिए ।
करिब एक वर्षको भारत बसाइले नेपालमै केही गर्ने उर्जा भरिदियो, र २०६३ सालमा उनी नेपाल फर्किए। उनले साइबर क्याफेको स्थापना गरे। तर धेरै त्यतिबेलाको लोडसेडिङ्ले गर्दा दिगो हुन सकेन। उनका बुवा र आमा पहिले नेपाल प्रहरीमा सेवारत थिए। जसले देशको शान्ति सुरक्षाका लागि करिब ३२ वर्ष सेवा गरे।
अवसर खोज्दै जाँदा २०६४ सालमा शंकर नेपाल प्रहरीमा भर्ना भए।
त्यसपछि Ex-DIGP Amrit Kaji Shrestha Sir को सहयोगमा उनको रोकिएको पढाइले पुन गति पायो ।
BSCIT-Lord Buddha College, Kathmandu मा उनी भर्ना भए। करिब ७ वर्ष नेपाल प्रहरीमा आबद्धपछि थप अध्ययन र सिकाइका लागि उनी फराकिलो संसार खोज्न थाले। थप अध्ययन र अवसरका लागि अमेरिका जाने तयारी गरे तर भिषा लागेन। तर त्यही बेला साथी विनम तिवारीको सहयोगमा दुवइका लागि भिजिट भिषा पाए।
त्यसपछि दुवइको एक प्रसिद्ध Universal Hospital मा मार्केटिंग एक्जिक्युटीभ अफिसर भएर काम गर्ने जिम्मेवारी पाए। त्यहाँ रहँदा विभिन्न नेपाली समाज, श्रमिक तथा पत्रकारहरूसँग जाेडिएर सयौं नेपालीलाई स्वास्थ्य सेवा प्रदानको महत्वपुर्ण कडि बने। उनको समन्वय र सहयोगबाट धेरै नेपालीहरूले स्वास्थ्य सेवा पहुँच पाए ।
मेहनतमा विश्वास गर्ने शंकरले अस्पतालमा राम्रो काम गरेर प्रमाणीत गरेपछि उनी विश्वास पात्र बने। तर अध्ययनको तिर्खा उनको मेटिएको थिएन।त्यसैले अस्पतालमा काम गर्दै एमबीए तहको अध्ययन पनि सुरू गरे। र केही वर्षको अथक मेहनतले उनी पिएचडी हाँसिल गर्न सफल भए। यो सफलता उनको जीवनको कल्पनाभन्दा परको थियो।
उनी अमेरिका पुग्न चाहन्थे,थप अवसर र अध्ययनका लागि २०७५ सालमा अमेरिका पुगे।
काम, सानो ठुलो उनका लागि कहिल्यै भएन। होटलको साधारण कामबाट अमेरिकामा उनका दिनहरू आरम्भ भए। तर उनको रूचि सुचना प्रविधीमा थियो। त्यसैले आइटि सम्बन्धित काम गर्न थाले ।
नेपालमा हुँदा उनले कहिले मुसहर बस्तिमा काम गरे त कहिले निशुल्क बालकालिकालाई शिक्षण गरे। त्यो आदत अमेरिका पुग्दा पनि छुटेन। कामसँगै विभिन्न सेवामुलक कार्यमा उनको सक्रियता बढ्दै गयो। उनी कहिले नेपालीहरूका लागि कोठा खोज्न हिंडे, त कहिले काम खोज्न।
कहिले बालकालिकाको शिक्षाका लागि हिंडे त कहिले जेष्ठ नारगरिकको हितका लागि।साधारण दलित परिवारका शंकरले आर्थिक स्थिरताका लागि कठोर संघर्ष गरे। आर्थिक भन्दा समाजिक विभेदको सुइरोले उनी धेरैपटक घोचिए। तर उनी भित्रको मानव सेवाको भाव कहिल्यै रित्तिएन।
उनका नजरमा संसारका सबै मानिसहरू उस्तै लाग्छन्। सबै मानिसको जिन्दगी उतार चढावले भरिएको छ। अप्ठेरोमा परेकालाई सहयोग गर्न पाउँदा उनको मन खुसीले चंगा हुन्छ ।२०६९ सालमा बाल्यकाल देखि कि प्रेमिका सजना लिम्बुसँग उनको वैवाहिक सम्बन्ध गाँसिय। सजना राष्ट्रीय स्तरको कराते खेलाडी समेत हुन। उनीसँगको सम्बन्धले जीवनका कैयौं उतार चढावलाई सँगै जुद्धन मिठास थपिरहयो। र परिवारमा दुई सन्तान थपिदा अनुहारमा खुसीको उज्यालो भरिएको छ ।
कुनै दिन राम्रो जागिर पाएको हेर्ने उनकि आमाको धोको थियो, र त आमाको आशिर्वाद उनको जीवनभरी छ।हाल Himani Trust-New York Bureau का उनी Ambassador, Woodside on The Move संस्थाका Board of Director, SharGop Group का CEO/Founder, Rotary Club of New York Queens तथा NRN NCC USA संस्थाको सचिवको भुमिकामा सक्रिय छन्।मेहनत, धैर्य र इमान्दार स्वभावलाई आफुभित्र उनले हुर्काइ रहे।
त्यसैले पुरस्कार र सम्मान उनको जीवनमा कहिल्यै कमि भएन। तर पाउने अपेक्षाले उनले कहिल्यै काम गरेनन्। र यही उनको फराकिलो सोच र शैलीले, स्वदेश तथा विदेशमा रहेका हजारौं युवाहरू उनका शुभचिन्तक बनेर उभिएका छन्।उनी माथि शुभचिन्तक सप्रेमआशिर्वाद छ। उनको मनमा अठोट छ। आँखामा गन्तब्य छ, र त उनका पाइलाहरू निरन्तर छन् ।