हिजो सुटुक्क भागेका कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैं

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने हुनुभएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा स्थगित भएको थियो ।

मुख्यमन्त्री कार्की प्रदेशसभाबाट बाहिरिएपछि ३० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु नभई राती सूचना टाँस गरेर स्थगित गरिएको थियो । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि सङ्कटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् ।