कपिलवस्तुमा बस दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौं। बझाङबाट काठमाडौं आउँदै गरेको यात्रु बस कपिलवस्तुमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। ना ६ ख १३३९ नम्बरको बस आज बिहान पाँच बजे शिवराज नगरपालिका–३ देउराली मोडमा दुर्घटना भएको हो ।

घाइतेहरुको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी निमबहादुर घलेले जानकारी दिए।

‘२ महिला र ४ जना पुरुष घाइते छन्,’ डिएसपी घलेले भने,‘दुई जना घाइतेको अवस्था मध्यम खालको थियो। उपचारपछि अहिले सामान्य छ।’उनका अनुसार बसमा ४० जना यात्रुहरु थिए ।