यस्तो छ नारायणगढ-मुग्लिन सडकको अबस्था,ठाँउठाँउमा अवरुद्ध, खुल्ने सम्भावना न्युन

काठमाडौं। हिजो दिउँसोदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुल्न सकेको छैन।पहिरो जाने क्रम नरोकिएपछि अवरुद्ध सडक खुलाउन नसकिएको हो।

सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सबहीबार दिउँसो खसेको पहिरोसँगै निरन्तर ढुंगा झरिरहेको छ । अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन।पानी रोकिदा पनि पहिरो भने खसिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ढुंगा खसिरहेकाले अवरुद्ध सडक खुलाउन नसकिएको हो। पहिरो पन्छाउने क्रममा बिहीबार प्रहरी वरिष्ठ हवल्दार जयराम शाह घाइते भएका थिए ।बिहीबार दिउसो साँढे १ बजेदेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि दर्जनौं सवारी साधन बिच बाटोमा अलपत्र परेका छन् ।