काठमाडौं। गैरआवासिय नेपाली संघ एनआरएनको आसन्न निर्वाचनका लागी बलराम पोखरेलले एनआरएनए अमेरिकाअन्तर्गत ईलिनॊइ शाखाको
अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यसअघि २ पटकसम्म इलनोइ शाखाका विभिन्न पदमा रहेर काम गरिसकेका पोखरेलले यसपटक अध्यक्ष पदमा उमेदवारी दिएका हुन् ।
उनले विगतदेखि नै एनआरएनका केन्द्रदेखी अन्य विभिन्न तहसम्मै राजनैतिक प्रभाव र खिचातानी छ भन्ने नजिरको अन्त्य गर्न पनि आँफुले यसपटक उमेदवारी दिएको बताएका छन्। टिभिसण्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँग कुराकानी गर्दै पोखरेलले यस्तो बताएका हुन् ।
साथै पोखरेलले गैर आवासिय नेपाली संघ एनआरएनए वृतमा इलनोइ शाखालाई नमुना शाखाको रुपमा स्थापित गरेर छाड्ने प्रतिबद्धता समेत जाहेर गरेका छन्। उमेदवार पोखरेलले पत्रकार पौडेलसँग गरेको अन्तर्वार्ता टिभिसण्डेका सम्पुर्ण सामाजिक सञ्जालहरुबाट हेर्न, पढ्न र सुन्न सकिने गरि उपलब्ध छ।