इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडादर

काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धन मूल्य घटाएसँगै वायुसेवा कम्पनीले हवाई भाडा घटाएका छन्।इन्धनको भाउ सस्तिएपछि हवाई वायुसेवा कम्पनील भाडा घटाएका हुन् ।

नेपाल नागरिक उड्न प्राधिकरणले पारित गरेको नयाँ मूल्यअन्तर्गत काठमाडौंबाट हुने हवाई सरचार्ज अधिकतम ४४५ रुपैयाँले घटेको छ।काठमाडौंबाट विभिन्न गन्तव्यमा हुँदै आएको नियमित उडानमध्ये धनगढी तर्फको हवाई सरचार्ज ४४५ रुपैयाँले घटेको हो।

यसैगरी काठमाडौं–भरतपुर तर्फको सरचार्ज ११० रुपैयाँले घटेको छ ।प्राधिकरणले दुर्गम क्षेत्रको भाडा दर पनि घटाएको छ। यसअघि प्रतिलिटर १६० रुपैयाँ रहेको हवाई इन्धन १० रुपैयाँले घटेर १५० रुपैयाँ कायम भएपछि इन्धन सरचार्ज घटेको हो ।

बुद्ध, यती, सौर्य, श्री, गुण, सीता, तारा, समिटलगायत वायुसेवा कमपनीले विभिन्न गन्तव्यमा नियमित उडान गर्दै आएका छन् ।