“एनआरएनए एकताले फुटेर हैन जुटेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश दियो”: चौलागाँई, उमेदवार व. उपाध्यक्ष(एनआरएनए अमेरीका)

काठमाडौं। गैरआवासिय नेपाली संघ एनआरएनए अमेरिकाका महासचिव तथा आगामी कार्यकालका लागी बरिष्ठ उपाध्यक्ष पदका उमेदवार अन्जन चौलागाँईले एनएनआरएनमा आएको एकरुपताले फुटेर हैन जुटेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिएको बताएका छन्।

झण्डै १ वर्षसम्म कायम रहेको एनआरएनए विवाद समाधान भएर एकरुपता आएपछी उनले सम्पुर्ण नेपालीहरुमा आशाको दियो जगाएको जानकारी दिए। चौलागाँइले टिभिसण्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँगको अन्तरवार्तामा एनआरएनए राजनीति मुक्त हुनुपर्नेमा पनि जोड दिएका छन्।

उनले एनआरएनएमा राजनैतिक प्रभाव व्याप्त रहेकोले यसलाई अन्त्य गर्न पनि आफ्नो बरिष्ठ उपाध्यक्ष पदका लागी उमेदवारी रहेको बताएका छन्। बहालवाला महासचिव रहेका चौलागाईले आफ्नो अहिलेसम्मको कार्यकाल निकै फलदायी रहेको र उल्लेख्य प्रभावकारी कार्यहरु गरेको दावी गरेका छन्।

गैरआवासिय नेपाली संघ अमेरिका(एनआरएनए एनसीसी युएसए)सस्थालाई गति दिन र अहिलेसम्म भैरहेका सहि कार्यलाई प्रोत्साहन दिदै थप गतिशिल बनाउन पनि आफुँले महासचिव पदपछी आगामी कार्यकालका लागी वरिष्ठ उपाध्यक्ष पदका लागी उमेदवारी दिएको बताएका छन्।

चौलागाँईले आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा आकाँक्षी तथा आफ्ना प्रतिष्पर्धीहरु धेरै भएपनि आम गैरआवासिय सदस्यहरुले आफ्नो कार्य क्षमता, दक्षता,लगनशिलता र योगदान सबै बुझेकोले आफ्नो विजयी सुनिश्चीत रहेको बताएका छन्। चौलागाँईले पत्रकार पौडेलसँग गरेको कुराकानी टिभिसण्डेका सम्पुर्ण सामाजीक सत्तजालहरुमा हेर्न, सुन्न, र पढ्न सकिने गरी उपलब्ध छन्।