एनआरएनए अमेरिकाकालाई सहि दिशा निर्देश गर्नुछ:डिलु पराजुली अध्यक्ष उमेदवार(एनआरएनए अमेरिका)

काठमाडौं।गैरआवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आगामी कार्यकालको लागी अध्यक्ष पदका उमेदवार डिलु पराजुलीले एनसीसी अमेरिकाका अधुरा र बाँकी रहेका काम पुरा गर्न र एनआरएनए अमेरिकाकालाई सहि दिशा निर्देश गर्न आफुले उमेदवारी दिएको बताउनु भएको छ। टिभिसण्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँग कुराकानी गर्दै पराजुलिले यस्तो बताउनु भएको हो।

बर्तमान उपाध्यक्षसमेत रहनुभएका पराजुलीले हालसम्म आँफुले गरेको योगदानप्रति अमेरिकामा रहेका सबै गैरआवासिय नेपालिहरु जानकार रहेको भन्दै पराजुलीले आफ्नो जितमा कुनै सन्देह नरहेको पनि बताउनु भयो।

गैरआवासिय नेपालीका साझा सरोकार र सस्थागत विकासलाई थप उचाइ दिन सक्षम गतिशिल,र प्रतिवद्ध नेतृत्व आजको आवश्यकता र गफ हैन अरु धेरै गर्नु छ, भन्ने नारासहित चुनावी मैदानमा उत्रिनु भएका पराजुलि सुरवातबाटै स्वच्छ अनि इमान्दार छवी भएका व्यक्तिको रुपमा परिचीत हुनुहुन्छ।

पराजुलिले पकार पौडेलसँग टिभिसण्डेमा गरेको अन्तरवार्ता टिभिसण्डेका सम्पुर्ण सामाजिक सञ्जालहरुमा हेर्न पढ्न र सुन्न सकिन्छ।