भारतको उत्तर प्रदेशमा गर्मीबाट ३४ जनाको मृत्यु

एजेन्सी। भारतको उत्तर प्रदेशमा गर्मीबाट पछिल्ला दुई दिनमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ।प्रदेशका अधिकारीहरुका कारण चर्को घाम र तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो।

गर्मी तत्काल घट्ने छाँट नदेखिएको भन्दै अधिकारीहरुले ६० वर्ष माथिका नागरिकहरुलाई घर बाहिर नजान आग्रह गरेका छन्। प्रदेश राजधानी लखनउदेखि तीन सय किलोमिटर परको बालियामा पछिल्ला दुई दिनमा धेरै मृत्यु भएको हो।

त्यस क्षेत्रमा हरेक जस्तो मानिस कुनै न कुनै बिमारबाट पीडित बनेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। शुक्रबार र शनिबार त्यहाँ तापक्रम ४३ डिग्री माथि पुगेको जनाइएको छ।

चर्को गर्मीमा नियमित विद्युत आपूर्ति हुन नसक्दा बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।मूख्यमन्त्री योगी आदित्यनाथले विद्युत आपूर्ति नियमित गर्न र आपूर्तिमा विभेद नगर्न आदेश दिनुभएको छ।

उता,भारतकै राजस्थानमा भने भारी वर्षापछिको बाढीले बेहाल बनाएको छ। बिपरजोए समुद्री आँधीको प्रभाव परेको राजस्थानमा पछिल्ला दुई दिनमा भएको भारी वर्षाले तवाह मच्चाएको हो। आँधी, हुरी,वर्षा र बाढीका कारण पाँच सय गाउँमा विजुली समेत अवरुद्ध भएको छ।