एजेन्सी। अफ्रिकी मुलुक युगाण्डाको एक विद्यालयमा इस्लामिक अतिबादी समुह आइएसले गरेको आक्रमणमा कम्तिमा ४१ जनाको मृत्यु भएको छ।मारिनेमा ३८ जना विद्यार्थी रहेका छन् भने तीन जना विद्यालयका कर्मचारी रहेका छन्।
आठ विद्यार्थीलाई सख्त घाइते अवस्थामा उद्धार गरिएको छ भने ६ जना अपहरणमा परेका छन्।युगाण्डाको पश्चिमी क्षेत्रको मपन्डोए शरहको लुबिरिहा माध्यमिक विद्यालयको छात्राबासमा प्रवेश गरेको पाँचजना हतियारधारी समुहले विद्यालयमा आगजनी गर्नुका साथै विद्यार्थीहरुलाई आगोमा जलाएर तथा गिंडेर हत्या गरेका हुन्।
घटनापछि आक्रमणकारीहरु प्रजातान्त्रिक गणतन्त्र कंगोतर्फ भागेको युगाण्डाका अधिकारीहले बताएका छन्।आक्रमणकारीहरु युगाण्डालाई आधार बनाएको एलाइड डमोक्रेटिक फोर्ससंग सम्बन्धित भएको जनाइएको छ। यसैबीच संयुक्त राष्ट्रसंघले घटनाका निन्दा गरेको छ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले क्रुर हत्यामा संलग्नहरुलाई न्यायको कठघरामा ल्याउन आब्हन गर्नुभएको छ।घटनालगत्तै युगाण्डाभर सेना परिचालन गरिएको छ भने हेलिकप्टर परिचालन गरी आक्रमणकारीको खोजी गरिएको छ।