एनआरएनए अमेरिकाको बोर्ड अफ डिरेक्टरमा कुसारीको उमेदवारीः भन्छन्,‘एनआरएनएलाई राजनीति मुक्त बनाउँछु’

काठमाडौं। गैर आवासिय नेपाली संघ एनआरएनएको निर्वाचन मिति घोषणा भएसँगै विभिन्न पदका आकांक्षीहरुले उमेदवारी घोषणा गर्ने क्रम बढ्न थालेको छ।
सोही अनुसार एनआरएनए अमेरिका(एनआरएनए एनसीसी युएसए)को आगामी कार्यकालका लागी बोर्ड अफ डिरेक्टर पदमा व्यवसायी मोहन कुसारीले उमेदवारी घोषणा गरेका छन्।

लामो समयदेखी विभिन्न सामाजिक सस्थामा सक्रिय कुसारी एन आरएनएलाई राजनीतिक छाँयाबाट मुक्त गरी सबैको साझा संस्था बनाउनु पर्छ भन्ने मान्यतामा आँफुले उमेदवारी दिएको बताएका छन्।

उनले‘एक पटकको नेपाली सधैको नेपाली’,‘परिणाम उन्मुख कार्ययोजना,निरन्तरता,प्रतिबद्धता, र सहकार्य अहिलेको आवश्यकता’भन्ने मुलमान्यता लाई आत्मसाथ गर्दै व्यबहारमा पनि साच्चिकै लागु गरेर गैर आवासिय नेपालिलाई महसुस हुने गरि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

लामो समयदेखि टेक्सासको अष्टिनमा बसि व्यापार व्यवसाय सँगसँगै विभिन्न सामाजिक कार्यहरुमा सक्रिय कुसारी सस्थाप्रतिको इमान्दारिता र सामाजीक कार्यमा दिएको योगदान र समर्पण नै आफ्नो जितको आधार रहेको बताएका छन्।

गैरआवासिय नेपालीहरुलाई उत्पन्न समस्या समाधानमा हरेक स्थानमा सक्रिय देखिने कुसारी एक स्वच्छ र इमान्दार छवी बनाएका तथा कुशल नेतृत्वदायी क्षमता भएका व्यक्ति पनि मानिन्छन्।