रौतहटमा करेन्ट लागेर दुई जनाको ज्यान गयो

काठमाडौं। करेन्ट लागेर रौतहटमा दुई जनाको ज्यान गएको छ। गएराति पानी तान्ने मोटरबाट करेन्ट लाग्दा रौतहटको बौधीमाई–५ कोपवाका २५ वर्षका अरुण साह र २६ वर्षका सितावि पण्डितको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिनुभयो।

घरको आँगनमा रहेको ट्युबेल धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा साहलाई करेन्ट लागेको थियो।साहलाई करेन्ट लागेपछि जोगाउन खोज्दा पण्डितलाई पनि करेन्ट लागेको थियो। अचेत अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएका उनीहरुलाई डाक्टरले मृत घोषणा गरेका थिए।