काठमाडौं।प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाको वार्षिक साधारण सभा केन्टकी राज्यको लेक्सिन्टन सिटीमा हुने भएको छ । मञ्चको तेस्रो अधिवेशन भएको ठीक एक वर्षपछि आगामी जून १७ मा वार्षिक साधारण सभा तथा केन्द्रीय भेला गर्न लागीएको हो ।
बृहत रुपमा मनाउन थालिएको साधारण सभा तथा केनद्रीय भेलालाई सम्बोधन गर्न प्रमुख अतिथिको रुपमा नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शङ्कर पोखरेल र विशेष अतिथि नेकपा एमालेका विदेश विभाग प्रमुख डा.राजन भट्टराई बिहीबार नै केन्टकी पुग्ने कार्यक्रम छ ।
मञ्चका अध्यक्ष कृष्ण लामिछानेले जारी गरेको विज्ञप्तिमा कार्यक्रममा अमेरिकाको विभिन्न राज्यमा बसोवास गर्ने प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटी, उत्तर अमेरिका क्षेत्रीय कमिटी, राष्ट्रिय कमिटी, तथा राज्य कमिटीका पदाधिकारी, सदस्य र विभागीय जिम्मेवारीमा रहेका करिब २०० भन्दा बढी जिम्मेवार साथीहरूको उपस्थिति रहने उल्लेख छ ।
कार्यक्रममा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूले शुभकामना दिनुका साथै विभिन्न विषयविज्ञहरूले सम्बन्धित विषयमा आफ्नो धारणा लिखित प्रस्तुति सहित राख्ने कार्यक्रम छ ।