कामु प्रधानन्यायाधीस कार्की पुगे संसदीय सुनुवाइ समितिको बैठकमा

काठमाडौँ। संसदीय सुनवाइ समितिको बैठक सुरु भएको छ। समितिमा प्रस्टीकरण दिन प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की पनि सिंहदरबार पुगेका छन् ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो।लामो समयदेखि कार्याबहाक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीश सिफारिस गरिएको थियो ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिसमा परेका कार्कीलाई उनी विरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ।उनीविरुद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।