प्यूठान जिप दुर्घटनाका मृतक आठै जनाको सनाखत

प्यूठान। प्यूठानमा सोमबार भएको कार दुर्घटनामा मृत्यु हुने आठै जनाको सनाखत भएको छ।स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा सोमबार स्वर्गद्वारी नगरपालिका–४,भ्यागुतेस्थित भिग्री स्वर्गद्वारी सडकखण्डमा कार अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा कारमा सवारर आठै जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेहरुमा दाङको तुल्सीपुर उपमहानगरपालिका–१५, कोेठरी बस्ने ३५ वर्षीया सरिता शर्मा पाखरेल, उनका छोराहरू १४ वर्षीय विशाल पोखरेल र ९ वर्षीय विकास पोखरेल रहेका छन् ।

यस्तै,दाङको लमही नगरपालिका– ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह,उनकी श्रीमती ३० वर्षीय राधा र ९ वर्षका छोरा आदित शाहको मृत्यु भएको छ भने, कार चालक दाङ लमहीका ताराबहादुर कुमालको पनि मृत्यु भएको छ ।

यसैगरी दाङको घोराही उपमहानगरपालिका–१५ तुल्सीपुरका ११ वर्षीय बालक शिशिर खनालको पनि दुर्घटनामा मृत्यु भएको छ ।