काठमाडौं।अमेरिकामा भएको समता स्कुलको रकम हिनामिना प्रकरण थप तरङ्गित बन्दै गएको छ।नेपालमा रहेको समता स्कुलको लागी भन्दै अमेरिकामा रहेको ग्लोबल समता सिनेटले गत वर्ष विभिन्न शहरमा कार्यक्रम गरि संकलन गरेको ३ लाख बढी डलर हिनामिना पारेपछी यो प्रकरण बाहिर आएको हो।
प्रकरण बाहिर आएसँगै ग्लोबल समता सिनेटभित्रै पनि हलचल मच्चिएको छ।सिनेट भित्रैका सदस्यहरुले सिनेटका अध्यक्ष उत्तम गौली नेतृत्वको टिमलाई तत्काल पैसा फिर्ता गर्न चेतावनी दिएका छन्। सिनेटका सदस्य शंकर भण्डारीले आरोपितहरुले तत्काल रकम फिर्ता नगरे कानुनी उपचार खोज्ने चेतावनी दिएका हुन्।
टिभिसण्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँग कुराकानी गर्दै भण्डारीले औपचारिक पत्रमार्फत रकम फिर्ता माग्दै आग्रह गरिसकिएको र यदि फिर्ता नगरे सिनेट भित्रै भण्डाफोर गर्ने बताएका हुन्।
केहिदिन पहिले टिभिसण्डेमा पत्रकार पौडेलसँगकै अन्तरवार्तामा समता स्कुलका सस्थापक उत्तम सञ्जेलले ग्लोवल सिनेटका अध्यक्ष उत्तम गौली,गोपेन्द्र भट्टराई,कुमार डाँगी लगाएतले गत वर्षको नोभेम्बरमा समतास्कुलका सस्थापक उत्तम सञ्जेल,महजोडि बरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंष आचार्य लगाएको समुहलाइ बोलाएर गरिएको कार्यक्रमबाट संकलन भएको ३ लाख बढी डलर रकम हिनामिना बनाएर १ रुपैया पनि नपठाएको, रकम सेयर बजारमा लगानी गरेर आफ्नो स्वार्थपुुर्तिमा हिडेको, रकम माग्दा धम्किपुर्ण अभिव्यक्ति दिएको लगाएत बताएका थिए।
त्यसलगत्तै गौलिले पनि टिभिसण्डेमै अन्तरवार्ता दिदै संकलन भएको रकम केहि रकम पठाएको र बाँकी अमेरिकामै व्यवसायमा लगानी गर्ने सहमती भएको बताएका थिए। त्यसपछी यो प्रकरण उत्कर्षमा पुगेको हो।
त्यसपछी अमेरिकामा रहेका सम्पुर्ण चनदादाताहरु र गैर आवासिय नेपालीहरुले गौलि नेतृत्वको रकम हिनामिना गिरोहको व्याप आलोचना र खबरदारी गरिरहेका छन्। टिभिसण्डे अनलाईन टेलिभिजनमा भण्डारीले गरेको कुराकानी सम्पुर्ण सामाजिक सञ्जालहरुमा उपलब्ध छ ।