समता स्कुलको नाममा अमेरिकामा लाखौं डलर हिनामिना, को हुन् पैसा गाएव पार्ने उत्तम गौली?के भन्छन् उत्तम सञ्जेल ?

काठमाडौं।समता शिक्षा निकेतन अर्थात १ सय रुपैयामा विद्यार्थीलाई पढाउँदै आएको समता स्कुलको नाममा रकम उठाएर अमेरिकामा हिनामिना पारेको पाईएको छ।

अमेरिकामा बस्ने उत्तम गौली भन्ने व्यक्तिले समता स्कुललाई सहयोग गर्ने बहानामा लाखौ डलर उठाएर गाएव पारेको फेला परेको हो।

समता शिक्षा निकेतनका सस्थापक उत्तम सञ्जेलले टिभिसण्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँगको अन्तरवार्तामा उत्तम गौली भन्ने ब्यक्तिले ३ लाख बढी डलर विभिन्न व्यक्तिहरुबाट उठाएर गाएब पारेको जानकारी दिएका हुन् ।

गौलिले देशभर सबै जिल्लमा विद्यार्थीलाई सय रुपैयामा नर्सरीदेखी १२ कक्षासम्म पठनपाठन गराउदै आएको समतालाई सहयोग गर्ने बाहना बनाएर गत वर्ष नोभेम्बर ५ देखी २३ सम्म अमेरिकाका ९ वटा राज्यका विभिन्न शहरमा कार्यक्रमको आयोजना गरि नेपालबाट समता शिक्षा निकेतनका संरक्षक वरिष्ठ कलाकारद्वय महजोडि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा सस्थाका सस्थापक उत्तम सञ्जेलसमेतलाई अमेरिकामा समेत पुराई विभिन्न कार्यक्रम गरेर पैसा संकलन गरि आफैले गाएव पारेका हुन्।

सञ्जेलले भने,‘गौलिले समता स्कुलका विद्यार्थीलाई सहयोग गर्न कार्यक्रमको आयोजना गरेको बहाना पारेर हामिलाई बोलाए,कार्यक्रममा नेपाली दाजुभाईले गरेको सहयोगबाट संकलित ३/४ लाख डलर गाएव पारे,ऐलेसम्म १ रुपैया पनि दिएनन्,जसकारण ३०/४० वटा विद्यालय बन्द नै गर्नुपर्ने अबस्था आयो।’

उनि भक्कानिदै थपे,‘रकम किन नदिएको भन्दा विभिन्न बहाना बनाएर धम्कीपुर्ण अभिव्यक्ति दिने गरेका छन्,अन्य सिहयोगिहरुले आँफुलाई सहयोग गरेको नगदसमेत बरामद गरेर राखे, त्यति ठुला ठुला कार्यक्रमबाट संकलित रकम, प्रदेशमा नेपाली दाजुभाई दिदिबैनिले बेचेको पसिना लुटेर १ पैसा दिएनन्, यदि उनले त्यो रकम हिनामिना नपारिदिएको भए कोभिड पछी ३०, ४० वटा विद्यालय बन्द हुने र दिद्यार्थीहरु पढाइबाट वञ्चित हुने अबस्था आउने थिएन।’

समता शिक्षा निकेतनले विगत २३ वर्षदेखि देशका सबै जिल्लामा मासिक १०० मा अङ्ग्रेजी माध्यममा विद्यार्थीलाई पढाउँदै आएको छ। हाल ७७ जिल्लाका ८० स्थानमा समता शिक्षा निकेतन स्कुल सञ्चालनमा छन्। हाल ५० हजार बढी विद्यार्थी समताको विद्यालयमा पढ्छन्। समताले दाताले उपलब्ध गराएको जमिनमा कच्चा टहरा बनाइ समताले विद्यालय सञ्चालन गर्दे आएको छ।

सञ्जेलसँगको कुराकानी टिभिसण्डे अनलाईन टेलिभिजन,अनलाईन पत्रिका, फेसबुक, लगाएत सम्पुर्ण सामाजिक सञ्जालमा हेर्न पढ्न र सुन्न सकिने गरि उपलब्ध छ ।