काठमाडौंमा हिजोभन्दा आज गर्मी

काठमाडौं। काठमाडौं उपत्यकामा हिजोभन्दा आज धेरै गर्मीको महसुस हुनेछ। हिजो बिहानैबाट काठमाडौंमा बदली भएका कारण कम गर्मी भएको थियो। तर,आज बिहानैबाट मौसम सफा हुने भएकाले गर्मी पनि बढ्नेछ।

मौसमविद् सजिना शाक्यका अनुसार काठमाडौंमा आज तापक्रम २७ देखि २९ डिग्री सेल्सियससम्म पुग्नेछ। काठमाडौंमा आज वर्षाको पनि सम्भावना रहेको छ। “वर्षा भए पनि केही समय मात्रै हुनेछ। र, सामान्य वर्षा हुने भएकाले गर्मी नै हुनेछ,” उनले स्पष्ट पारिन्।

तराईका जिल्लामा पनि आज उच्च गर्मी यथावत रहनेछ। तराईका जिल्लामा आज ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम रहने मौसमविद् शाक्यको भनाइ छ। पश्चिमी तराईमा भने आज बदली र सामान्य वर्षाको सम्भावना रहेको छ।