संसदा बजेटमाथिको छलफल आज पनि जारी रहने

काठमाडौं। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

बैठकमा आज पनि आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ। हिजोबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो।

प्रतिनिधिसभा सदयस्यहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आ–आफ्नो धारणा राख्नेछन्। जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि हिजोबाट सदनमा छलफल प्रारम्भ भएको हो