काठमाडौं। गैर आवासिय नेपालीहरुले लामो समयदेखि उठाउदै आएको नागरिकता विधेयक प्रमाणिकरण भएपनि कार्यन्वायनमा भने शंका रहेको बताएका छन्। एनआरएनए युएसएका अध्यक्ष सुर्य लम्सालले नेपालमा राष्ट्रपति रामचन्द्र पौडेलबाटबाट केहि दिन पहिले लामो समय विवादित रुपमा अल्झीरहेको नागरिकता विधेयक प्रमाणिकरण भएपनि कार्यन्वायनमा विश्वस्त हुन सक्ने अबस्था नरहेको बताउनु भएको हो।
टिभि सण्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँगको अन्तरवार्तामा उहाँले विधेयकमा अझै केहि बुँदाहरु एनआरएनएको हित बाहिरका रहेकोले केहि असन्तुष्टी भने कायम रहेको पनि बताउनु भयो। तरपनि नागरिकता विधेयकले गैरआवासियहरु पनि नेपाली नै हुन् भन्ने कुरा समेटेको उहाँको भनाई छ।
फरक प्रसंगमा अध्यक्ष लम्सालले भर्खरै क्यानडामा सम्पन्न अमेरिकाज क्षेत्रिय सम्मेलनले विभाजित एनआरएनएलाई एक ठाँउमा हुन महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो। अब छिट्टै एनआरएनएमा देखिएको विवाद समाधान हुने भन्दै उहाँले सम्पुर्ण गैर आवासिय नेपालिहरुले एनआरएनएको एक रुपतामा जोड दिएकोले यो सम्भव भएको प्रतिक्रिया दिनु भयो।
अध्यक्ष लम्सालले टिभि सण्डेमा पत्रकार पौडेलसँग गर्नुभएको कुराकानी टिभिसण्डेको अनलाईन टेलिभिजन,अनलाईन पत्रिका,फेसबुक युटुव सहित सम्पुर्ण सामाजिक सञ्जालमा हेर्न,पढ्न र सुन्न सकिन्छ ।