एनआरएनए यूकेको निर्वाचन तालिका प्रकाशन

लन्डन। एनआरएनए यूकेको निर्वाचन तालिका प्रकाशित भएको छ। सार्वजनिक गरिएको निर्वाचन कार्यक्रम अनुसार २५ जुन, २०२३ दिउसो १ बजे पहिलो मतदाता नामावली प्रकाशन र २५ जुनमै सांझ ६ बजेसम्म मतदाता नामावलीमाथि दावी विरोध एवं २७ जुन सांझ ५ बजेसम्म एनआरएनए यूके वेवसाइटमार्फत अन्तिम मतदाता नामावली प्रकाशन गरिने भएको छ ।

त्यसैगरि,उम्मेदवारी दर्ता जुलाई १ तारिख विहान ९ बजे देखी ३ बजे सम्म अनलाइन,२ जुलाई दिउसो १ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन (एनआरएनए यूके वेवसाइटमार्फत),२ जुलाई सांझ ५ बजेसम्म उम्मेदवारी नामावलीमाथि दावी विरोध एवं ४ जुलाई सांझ उम्मेदवारको अन्तिम नामावली प्रकाशत हुनेछ ।

निर्वाचन समितिका अनुसार,२२ जुलाई बिहानदेखि २२ जुलाई सांझ ६ बजेसम्म स्मार्ट एनआरएन एपमार्फत अनलाइन मतदान हुने तयारी गरिएको छ। मतदानको भोलिपल्ट २३ जुलाई दिउसो एक बजे परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ कार्यक्रम राखिएको प्रमुख निर्वाचन आयुक्त चिरन्जिवी ढकालले जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त चिरन्जिवी ढकाल र सदस्यहरु विपिन निरौला एवं हरि गुरुङ रहेको निर्वाचन समितिले शुक्रबार निर्वाचन तालिका प्रकाशित गरेको हो ।