एनआरएनएमा गुटगत प्रवृतिको अन्त्य गर्छु : डा.पाठक, उम्मेदवार(एनआरएनए एनसिसि क्यानडा)

काठमाडौं। गैर आवासिय नेपाली संघ एनआरएनए एनसिसि क्यानडाका अध्यक्ष पदका दावेदार डा.लक्ष्मी पाठकले एनआरएनएमा देखिएको गुटगत प्रवृति अन्त्य गर्न नै आफ्नो उमेदवारी रहेको बताएका छन्। टिभि सन्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँगको अन्तरवार्तामा डा.पाठकले एनआरएनएमा गुटगत प्रवृति व्याप्त रहेकोले यसको अन्त्य गर्ने बताएका हुन्।

यसअघी पनि पटकपटक कार्यसमितिमा बसेर काम गरेकोले त्यहाँभित्रका हरेक समस्यासँग जानकार रहेको र समस्या समाधानका बाटाहरु पनि आँफुले प्रशस्त देखेको भन्दै उनले अध्यक्षमा विजयी भए ति सबै समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस्तै फरक प्रसङ्गमा पाठकले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणिकरणले गैर आवासिय नेपालीहरुमा आशाको दियो जागेको बताएका छन्। यतिबेला विधेयक प्रमाणिकरण भएपछी लामो समयदेखि गैर आवासियहरुले उठाएको दोहोरो नागरिकताको मागलाई सम्बोधन भएपनि कार्यान्वायनमा भने अझै विश्वस्त हुन नसकेको उनको भनाई छ ।

डा. पाठकसँग भएको अन्तरवार्ता र थप कुराकानी टिभि सन्डेको अनलाईन टेलिभिजन (युटुव), फेसबुक, अनलाईन पत्रिकासहितका सम्पुर्ण सामाजिक सञ्जालमा हेर्न पढ्न र सुन्न सकिनेछ ।