काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्ति कर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
विभिन्न सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम कार्यालयको जेठ १६ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरुलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
यी हुन् कालोसूचीमा परेकाहरु!