महँगा बिजुली गाडीको कर आधाले घट्यो

sf7df8f}F, !% h]7M cy{dGqL dxt cy{dGqL 8f k|sfzz/0f dxt k|ltlglw;ef / /fli6«o;efsf] ;+o'Qm a}7sdf ;f]daf/ cfj @)*)÷)*! sf] nflu cg'dflgt cfo Joo ljj/0f k|:t't ug{' ;efsIf k|j]z ug{'x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं। सरकारले महँगा विद्युतीय गाडी (ईभी)मा करको दर झन्डै आधाले घटाएको छ।१०० देखि २०० किलोवाटसम्मको विद्युतीय गाडीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तशुल्क लाग्ने गरेकोमा अर्थमन्त्री प्रकाशशरण महतले भन्सार महसुल १५ प्रतिशत र अन्तशुल्क १० प्रतिशतमा झारेका छन्।

यस्तै, २०० देखि ३०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर र अन्त शुल्क ४५४५ प्रतिशत रहेको थियो। नयाँ आर्थिक विधेयमा अर्थमन्त्रालयले यी सवारीको अन्तशुल्क २० प्रतिशत र भन्सार २० प्रतिशत कायम गरेको छ।

यस्तै, ३०० किलोवाटभन्दा बढीका विद्युतीय सवारीलाई भन्सारशुल्क ४० प्रतिशत र अन्तशुल्क भने ४५ प्रतिशत कायम गरेको छ। यसअघि भन्सार शुल्क ६० र अन्तशुल्क पनि ६० प्रतिशत थियो।