टीकापुर घटनामा म निर्दोष छु : रेशम चौधरी

काठमाडौं। रेशम चौधरीले टीकापुर घटनामा आफू निर्दोष रहेको दाबी गर्नुभएको छ ।कारागार मुक्त भएपछि उहाँले टीकापुर घटनाको कथा अर्कै रहेको, पटकथा अर्कै लेखिएको र फिल्म अर्कै बनेको बताउनु भएको हो ।

टीकापुर घटना बन्द कोठामा भएको होइन भन्दै उहाँले घटना देख्ने हजारौं आँखाहरू साक्षी रहेको तर्क गर्नुभयो ।घटनाको निश्पक्ष छानविन हुनुपर्ने भन्दै उहाँले घटनामा मारिएका प्रहरीका आफन्तहरुले पनि न्याय पाउनु पर्ने माग गर्नुभयो ।

चौधरीले टीकापुर घटनाका वास्तविक दोषी को हुन भन्ने आफूलाई राम्रोसँग ज्ञान रहेको दाबी पनि उहाँले गर्नुभएको छ ।चौधरी आजै गृहनगर टीकापुरतर्फ लाग्नुभएको छ ।