काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनबाट आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ।शनिबार काभ्रे पुग्नुभएका सभापति लामिछानेले भ्रष्टाचार र कालोबजारीको जालो तोड्नुपर्ने भएकाले एकल सरकार चलाउने गरी बहुमत ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘०८४ मा आफैँले सरकार चलाउने गरी बहुमत ल्याउँछौँ। हामीलाई एक पटक मौका दिनुस्। कुनै भ्रष्टलाई पार्टीमा ठाउँ छैन।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुला दलका शीर्ष नेताहरूकै नाम मुछिएपछि जोगाउन लागिपरेको आरोप लगाउदै त्यस्तो नगर्न सचेत पनि गराउनु भयो।
उहाँले कयौँ भ्रष्टाचारको फाइलको धुलो टकटक्याउन जनताको साथ चाहिएको भन्दै त्यसका लागी आगामी निर्वाचनमा एकल बहुमत दिएर सरकारमा पठाउन आग्रह गर्नुभयो।