द भ्वाइस किड्स सिजन २ को उपाधि स्पन्दन सुब्बालाई

काठमाडौं। द भ्वाइस किड्स सिजन २ को उपाधि स्पन्दन सुब्बाले जित्नुभएको छ। शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गर्नुभएका उहाँले उपाधि चुम्न सफल हुनुभएको हो।

फिनालेमा सुब्बासहितका आठ जनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गर्नुभयो।

उपाधि जित्नुभएका उहाँले १५ लाख रुपैयाँ नगद प्राप्त गर्नुभयो। भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार दोस्रो जित हो। यसअघि द भ्वाइस किड्स सिजन १ को उपाधि पनि टीम प्रमोदले जितेको थियो ।