एनआरएनलाई नेपालमा लगानी गर्न खुला गर्ने

काठमाडौं। सरकारले गैरआवासीय नेपालीलाई नेपालमा लगानी खुला गर्ने व्यवस्था गर्ने भएको छ।सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले गैरआवासीय नेपाली एनआरएनलाई नेपालमा लगानी गर्न खुला गर्ने व्यवस्था गर्ने जानकारी दिनु भएको हो ।

एनआरएनको सिप, क्षमता र दक्षतामा नेपालमा प्रयोग गर्ने वातावरण बनाउने अभिप्रेरित गरिने राष्ट्रपति पौडेलले जानकारी दिनुभयो ।