संसद्मा प्रधानमन्त्री र सांसदहरुको सवाल जवाफ

k|ltlglw;ef a}7sdf k|d bfxfn sf7df8fF}, @% k';M k|wfgdGqL tyf g]skf -dfcf]jfbL s]G›_sf cWoIf k'iksdn bfxfn …k|r08Ú ;f]daf/ a;]sf] k|ltlglw;ef a}7snfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M /Tg >]i7÷/f;;

काठमाण्डौ। आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच प्रश्नोत्तर हुँदैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधि सभामा ६ महिनापछि आज प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन लागेको हो ।

प्रश्नका लागि २० जना सांसदले सभामुख देवराज घिमिरेलाई लिखित जानकारी गराएका संसद् सचिवालयले जनाएको छ । तीमध्ये १५ जना सांसदले मात्रै आज प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्न पाउने छन् । प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्रीले १५ वटा प्रश्नको जवाफ दिनुहुनेछ ।

१५ जना प्रश्नकर्तामध्ये नेपाली कांग्रेस र नेकपा एमालेका तीन÷तीन जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीका एक÷एक सांसदले प्रश्न सोध्नेछन् ।

एक जना सांसद मात्र रहेको दल र स्वतन्त्र सांसदको तर्फबाट एकजना सांसदलाई प्रश्न गर्न दिइनेछ । सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरण, देशको आर्थिक अवस्था, प्रधानमन्त्रीको भारत भ्रमण र एजेन्डा, भ्रष्टाचारसम्बन्धी विभिन्न विषय, नागरिकताको सवाल, टीकापुर घटनालगायत विषयमा प्रश्न गर्दैछन् ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आजको संसदमा बोल्ने भनेकोमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका कारण स्थगित भएको छ । गएको २८ गते पार्टीको केन्द्रीय कमिटी बैठकमा उहाँले संसदमा शरणार्थी प्रकरणबारे केही तथ्य खोल्ने बताउनुभएको थियो ।