काठमाडौं। यतिबेला सिंगो परिवेश नक्कलि शरणर्थि प्रकरणले तातिरहेको छ। यो प्रकरणमा राजनैतिक दलका शिर्ष नेता मात्रै हैन देशकै बागडोर सम्हालेका व्यक्तिहरु पुर्व उपप्रधानमन्त्री,पुर्वगृहमन्त्री,सचिवलगाएतका समावेश पाईएपछी अहिले थुनामा छन्।उनिहरुमाथि जारी रहेको अनुसन्धानबाट पाँच कसुर आकर्षित हुने खुलेको छ।
प्रहरीले अहिले हालसम्मको अनुसन्धान‘संगठित अपराधसम्बन्धी’कसुरमा गरिरहेको छ। सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा थुप्रै व्यक्ति जोडिएर योजनाबद्ध रूपमा ठगी गिरोह सञ्चालित रहेको पाएपछि संगठित अपराधमा अनुसन्धान सुरु गरेको हो ।
अदालतले सहमति दिएपछि हालसम्मको अनुसन्धान संगठित अपराधकै सन्दर्भमा भइरहेको छ।अनुसन्धानमा खुल्दै गएका तथ्यका आधारमा यो प्रकरण अब ठगीसम्बन्धी कसुर र संगठित अपराधमा मात्रै सीमित हुने देखिन्न।
यो प्रकरणमा संलग्नता पाइएकाहरूमाथि झन्डै पाँच कसुर आकर्षित हुन सक्ने सम्भावना छ। जसमा ठगीसम्बन्धी अपराध, संगठित अपराध, राज्यविरुद्धको कसुर,लिखतसम्बन्धी कसुर, भ्रष्टाचार कसुर गरी ५ वटा कसुर छन् । त्यति मात्र नभै यी कसुरमा लाखौं सम्मको जरिवाना र १०, १५ वर्षको जेल सजाय सम्म हुन सक्छ । यस्ता देश द्रोही आपराधिक गतिविधि गर्नेलाई हदैसम्मको कारबाहि गर्न राज्यले खुट्टा कमाउनु हुदैन।