काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन(आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेल र पेट्रोलको मूल्य घटेको छ।
जसअनुसार पेट्रोलको मूल्य ९ रुपैयाँ ५२ पैसा र डिजेटको मूल्य ८ रुपैयाँ १३ पैसाले घटेर आएको छ।पछिल्लो मूल्य सूचीअनुसार निगमलाई आगामी १५ दिनमा दुई अर्ब २५ करोड रुपैयाँ फाइदा हुने निगमले जनाएको छ।
भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि नेपालमा मूल्य घटाउनेरनघटाउनेबारे निगमले निर्णय गरेको छैन।