एजेन्सी। भारतको उड्डयन नियामक निकायले ‘एयर इन्डिया’लाई ३६ हजार ४ सय ९६ अमेरिकी डलर जरिवाना गरेको छ।
भारतीय निजी एयरलाइन्स ‘एअर इन्डिया’ का विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लघंन गरेको पाइएपछि जरिवाना गरिएको हो।
भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)का अनुसार दुबई–दिल्ली उडानका चालक दलका सदस्यले गत फेब्रुअरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान गरिएको थियो।
डीजीसीएले पाइलटको लाइसेन्स ३ महिनाका लागि निलम्बन गरेको छ। उजुरीका आधारमा डीजीसीएले गत महिना निजी एयरलाइन्सलाई कारण देखाउ आदेश जारी गरेको थियो।
अनुसन्धानको क्रममा डीजीसीएले पाइलटलाई सुरक्षा मापदण्ड उल्लघंन गरेकोमा दोषी ठहर गरेको थियो।