पोर्चुगलमा दुतावास स्थापना गर्न परराष्ट्रमन्त्रीसमक्ष एनआरएनएको माग

काठमाडौं। पोर्चुगलमा नेपालीे राजदुतावास स्थापनाको लागि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलले परराष्ट्र मन्त्री एनपी सावद समक्ष माग राखेका छन्। उक्त माग एनआरएनए युरोपको क्षेत्रीय बैठकको अवसर पारेर चेक गणतन्त्रको प्रागमा ज्ञापनपत्र मार्फत बुझएका हुन्।

नेपाल र पोर्चुगलको द्विपक्षीय सम्बन्ध स्थापना भएको ४७ बर्ष पुगिसकेको छ। १९७६ सेप्टेम्बर १ मा सुरु भएको सम्बन्धको झन्डै आधा सताब्दी लामो यो अवधिमा युरोप आएका नेपालीहरुको प्रमुख गन्तव्य पोर्चुगल बनेको एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए। हाल पोर्चुगलमा ५० देखि ६० हजार नेपाली रहेको अनुमान रहेको छ ।

युरोपमा नै पोर्चुगल आप्रवासीका लागि अरु देश भन्दा उदार रहेकोले अहिले नेपालीहरुको संख्या पनि दिनहुँ बढ्दो छ। पोर्चुगलबाट नेपालमा ठूलो रकम रेमिटान्सको रूपमा भित्रीरहेको तथ्यहरुले देखाउँछ । उल्लेख्य मात्रामा नेपालीको बसोबास भएर पनि पोर्चुगलमा नेपाल सरकारको सरकारी नियोग नहुँदा ठूलो कठिनाई उत्पन्न भएकोले प्रमुख माग पोर्चुगलमा नेपाली राजदूतावास स्थापना होस् भन्ने रहेको बताएका छन् ।

एनआरएनए युरोपको क्षेत्रीय बैठकको अवसर पारेर गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगल एनआरएनए पोचुगल मार्फत पोर्चुगलमा नेपाली राजदूतावासको मागलाई नेपाल सरकार परराष्ट्र मन्त्री समक्ष ज्ञापनपत्र मार्फत माग गरेका हुन् ।

पोर्चुगलका नेपालीहरुले भोगिरहेको राहदानीको समस्यालाई सम्बोधन गर्दै नेपाल सरकार परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायले पोर्चुगलमा एक महिना लामो शिविर संचालन गरेकोमा हार्दिक धन्यवाद समेत व्यक्त गरेको अध्यक्ष रविन अधिकारी र महासचिव राजकुमार थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।