काठमाडौं।
नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको हो ।
प्रहरी उच्च स्रोतले भन्यो, ‘मैजुबहालको निवासबाट पक्राउ गरि उनलाई प्रहरी परिसरमा ल्याएका छौं ।’काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले बताउनुभयो ।
दिउसो खावँडका स्वकीय सचिब नरेन्द्र केसि पनि पक्राउ परेका छन् ।
यहि प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।
यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।