काठमाडौँ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरिएको प्रकरणमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
यो प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ। यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे,पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई,केशव दुलाल,सानु भण्डारी,सागर राई,सन्देश शर्मा,टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ।
पक्राउ पुर्जी जारी भएका सांसद रायमाझी भने फरार छन् ।