किन पक्राउ परे इमरान खान

एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक.ए.इन्साफ (पीटीआई)प्रमुख इमरान खान पक्राउ परेका छन् ।उनलाई इस्लामावाद उच्च अदालत अगाडि गिरफ्तार गरिएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ।

तेहरिक.ए.इन्साफका वकिल फैसल चौधरीले पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गरिएको पुष्टि गरेका हुन्।पीटीआईका उपप्रमुख फवाद चौधरीले एक ट्विट गर्दै रेन्जर्सले खानलाई उच्च अदालत अगाडि गिरफ्तार गरेको जनाएका छन्।

‘इमरान खानको गाडी घेरिएको छ‚’ उनले ट्विटरमा लेखेका छन्। उनलाई कुन मुद्दामा पक्राउ गरिएको भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन ।