काठमाडौं। भारतको केरलास्थित मलाप्पुरममा डुंगा पल्टिँदा २१ जनाको मृत्यु भएको छ। आइतबार साँझ डुंगा पल्टिँदा २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
डुंगामा कति यात्रु थिए भन्ने निश्चित नभइसकेको जनाइएको छ। २१ बाहेक अन्यको पनि मृत्यु भएको हुन सक्ने बताइएको छ। केरलाका स्वास्थ्य मन्त्रालयले घाइतेहको तत्काल उपचार गर्न निर्देशन दिएको छ।