काठमाण्डौ। नेकपा एमालेका सचिव, सांसद एवम् पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा संलग्नता देखिएपछि प्रहरीले रायमाझीका बाबुछोरालाई पक्राउ पुर्जी जारी गरेको हो।
यस्तै एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
यसै घटनामा नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले आजै पक्राउ गरेको छ । पूर्व गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई अस्ति सोमवार समातिएका छन्।