बालेन शाहको आरोप –सबै नेता चोर हुन्

काठमाडौँ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सबै नेता चोर भएको टिप्पणी गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर साहले नयाँ पुरा सबै नेताहरू चोर भएको उल्लेख गरेका हुन् ।

उनले देशको माया कसैलाई पनि नभएको बताएका छन्। मेयर साहले लेखेका छन्, ‘नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन।’

पछिल्लो समयमा उनले नेताहरूप्रति आक्रोश पोख्दै आएका छन् । केही समय अघि मेयर साहले सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने टिप्पणी गरेका थिए । त्यसको पनि सर्वत्र आलोचना भएको थियो ।

त्यतिबेला उनले टिप्पणी मात्रै गरेनन्, सिंहदरबार तथा राष्ट्रपति तथा प्रधानमन्त्रीको निवास क्षेमा लामो समय फोहोर उठाउन रोके । त्यसमा उनले आलोचना र प्रसंशा दुबै पाए । खास गरेर उनि काठमाडौंको फोहोर व्यवस्थापन र सुकुम्बासि बस्ती व्यबस्थापनमा सरकार र राजनैतिक दलहरुले असहयोग र अबरोध गरेपछी असन्तुष्ट बनेका छन् त्यसकारण उनले समयसमयमा सामाजिक सञ्जाल मार्फत आक्रोश पोख्ने गरेका छन ।