लाजमर्दो नेपालः सडकमा संघर्षमा वैज्ञानिक महाविर पुन, वालुवाटारमा निदाउँदै शासक

काठमाडौंः पछिल्लो समय नेपालमा सडक आन्दोलनका कृयाकलाप बढ्दै गएका छन्। राजनितिक दलदेखि लिएर विभिन्न समस्यामा परेकाहरु लघुवित्त, कृषक, हुँदै वैज्ञानिकहरुसमेत सडकमा उत्रिएका छन्। विश्वप्रसिद्ध मागासेसे पुरस्कार विजेता डा.महावीर पुन समेत पछिल्ला केहि दिन यता सडक आन्दोलनमा छन्।

डा.पुन राष्ट्रिय आविष्कार केन्द्रप्रति सरकारको सकारात्मक दृष्टिकोण नराखेको भन्दै सडकमा उत्रिएका हुन्। केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको छ।नयाँ सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन प्रेरित गर्दै निःशुल्क अध्ययन, अनुसन्धानको वातावरणसमेत मिलाउँदै आएको केन्द्रको सम्पूर्ण जनशक्ति आविष्कारको सम्पूर्ण काम ठप्प पारेर सडक आन्दोलनमा होमिएको छ ।

एक दशकदेखि पटक पटक विभिन्न निकायमा धाउँदा पनि माग सम्बोधन हुन नसकेपछि पुनको नेतृत्वमा धर्ना शुरु भएको हो । ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने, अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा विकास खर्चको १ प्रतिशत रकम आविष्कार तथा अनुसन्धानका लागि छुट्याउनुपर्ने आन्दोलनका प्रमुख माग छन् ।

२०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि यसबारे सरकारले कुनै काम कारबाही अघि नबढाएपछि केन्द्र आक्रोशित बनेको हो ।देश समृद्ध बनाउने सपना र लक्ष्यका साथ अगाडि बढिरहेका एक वैज्ञानिक सडकमा र सरकारचाहि बालुवाटारमा सुतिरहेको भन्दै आन्दोलनमा सहभागी आक्रोशित छन् ।

राणा र राजपरिवार फाल्दै २०४६ सालदेखि ६२र६३ को आन्दोलनले हजारौ नेता जन्मिए तर देशलाई चाहिने औजार, उद्योग उत्पादन गर्ने तर्फ नेता नलागेको भन्दै नागरिक तहमा आक्रोश छ ।