काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति सथा सांसद डोलप्रसाद अर्याल (डिपी)ले राजीनामा दिएका छन्। रास्वपाका सभापति एवं संसदीय दलका नेता रवी लामिछाने नागरिकता प्रकरणमा दोषि ठहर भई सांसद पद गुमाउदा पाटिको कार्यबाहक सभापति र संसदिय दलको नेता बनेका उपसभापति अर्यालले शनिबार नै संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् ।
शनिबार बसेको संसदीय दलको भर्चुअल बैठकमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा उनले राजिनामा बुझाएका हुन्। उनको राजीनामा स्वीकृत गर्ने प्रक्रियामा रहेको रास्वपाले बताएको छ। आगामी सोमबार रास्वपाको संसदीय दलको बैठक बस्दैछ।
सो बैठकले अब चितवन २ को उपनिर्वाचनबाट पुनः निर्वाचित पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्नेछ। यसकै लागि उपसभापति डिपिले संसदिय दलको नेताबाट राजिनामा दिएका हुन्।
गत वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। शुक्रबार सपथ लिएसँगै उनी प्रतिनिधिसभा बैठकमा उपस्थित भएका थिए। अहिले दलको नेताको जिम्मेवारी उपनेता विराजभक्त श्रेष्ठले सम्हालेका छन्।