काठमाडौं,काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन एक्सनमा उत्रिएका छन्। महानगरपालिकाको शिक्षा विभागमा कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले लगाएको ताला फोड्दै मेयर बालेन एक्सनमा उत्रिएका हुन् ।
महानगरले विद्यालयभित्र राजनीतिक दल र दलका भ्रातृ संगठनलाई कार्यक्रम गर्न नदिने घोषणा गरेको विरोधमा कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले बिहीबार लगाएको थियो । सो ताला भोलिपल्टै शुक्रबार मेयर बालेनले फोडिदिएका हुन् ।
ताला फोडिएको भिडियो सामाजिक सञ्जालमा राख्दै मेयर बालेन्द्र शाह बालेनले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फोरेर विफल पारेको उल्लेख गरेका छन् ।
उनले विद्यालय पढ्ने ठाउँ रहेको बताउँदै राजनीति गर्ने कुरा कल्पना सम्म गर्न नसकिने बताएका छन् । उनले दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु ‘अपराध नै हो’ भनेका छन् । https://www.facebook.com/watch/?v=252971450480699