ढकालको संयोजकत्वमा एनआरएनए बेलायतको निर्वाचन समिती गठन

लण्डन। गैरआवासीय नेपाली संघ एनआरएनए युकेको आगामी निर्वाचनको लागी निर्वाचन समिति गठन भएको छ। राष्ट्रिय समन्वय परिषद बैठकले आगामि २०२३-२५ कार्यकालको लागि जुलाई २२ मा हुने निर्वाचनको लागी निर्वाचन समिती गठन गरिएको हो।

समितिको संयोजकमा संघका संस्थापक सचिब चिरन्जिबी ढकालसहित अन्य सदस्यहरुमा तमुधि युकेका अध्यक्ष हरि गुरुङ र एनआरएनए युकेका संस्थापक सदस्य एबम पत्रकार बिपिन निरौलालाई चयन गरिएको छ।

सात सदस्यिय निर्वाचन समितिमा बाँकी चार सदस्यहरु आवश्यकताअनुसार पछी चयन गर्ने अधिकार निर्वाचन समिति संयोजकलाई दिने निर्णय भएको छ।

गैरआवासीय नेपाली संघ बेलायतका प्रवक्ता शशांक शर्माका अनुसार बैठकले संघको २०२३-२५ कार्यकालको लागी सदस्यता ड्राइब समितीको संयोजक उपाध्यक्ष रामचन्द्र पोखरेलको नेतृत्वमा छिट्टै बेलायतका गैरआवासीय नेपाली,सुभेच्छुक तथा सामाजिक अभियन्ताहरुलाई राखी सदस्यता ड्राइब समिती बनाउनेछ।

संघका अध्यक्ष सुनिल बाबु खडकाको अध्यक्षतामा बसेको बैठकले सदस्यता आबेदनको अन्तिम मिती जुन २३ निर्धारण गरेको छ भने संघको ११औ अधिवेशन जुलाई १६ र संघको २०२३-२५ को कार्यसमितीको निर्वाचन २२ जुलाईमा गर्ने निर्णय पनि गरेको छ ।